सुदूरपश्चिम प्रदेश सरकार
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र
डडेल्धुरा
डडेल्धुरा जिल्लाको सदरमुकाम खलंगा गा.वि.स. वागबजारमा २०२७ सालमा पशु स्वास्थ्य क्षेत्रमा सेवा पुरयाउन भे६ेरीेनरी अस्पताल कार्यालयको स्थापना भएको प्राप्त अभिलेख अनुसार देखिन्छ । तत्कालिन श्री ५ को सरकारले कृषकहरुको हित र समय अनुसार पशु बिकासलाई बिबिधिकरण गर्दैं लैजाने क्रममा यस कार्यालयलाई २०३७ सालमा पशु चिकित्सालयको रुपमा परिणत भयो । वि.सं.२०३८ सालमा उक्त कार्यालय लाई पशु बिकास तथा पशु स्वास्थ्य शाखाको रुपमा नामाकरण भई कार्यक्रम सञचालन भएकोमा वि.सं. २०४४ सालमा जिल्ला पशु सेवा शाखाको रुपमा नामाकरण भयो । तत्कालिन श्री ५ को सरकारको एकै छातामुनिको सिधान्त अनुसार २०४९ सालमा यस कार्यालयलाई जिल्ला कृषि बिकास कार्यालय अन्तर्गत गाभिएको थियो । एकै कार्यालयमा गाभे पश्चात प्रशासनिक प्रकृयामा ढिलासुस्ती तथा सेवा प्रदानमा सेवाग्राहीलाई कठिनाई महसुस भएका कारण कृषकहरुको माग अनुसार सेवाको प्रभावकारीतालाई मध्य नजर राखी २०५२ साल श्राबण १ गते बाट पुनः यस कार्यालयको अस्तित्व छुट्टै राखी “जिल्ला पशु सेवा कार्यालयको” नामाकरण भई छुट्टै कार्यालयको रुपमा खडा भयो । आफ्नो उ२ेश्य अनुरुप पशु बिकासका कार्यक्रमहरु पशु सेवा विज्ञ केन्द्रले श्रोत र साधनले भ्याए सम्म जिल्लाका विभिन्न संघ संस्थाको समन्वयमा पशु विकास तथा पशु स्वास्थ्यका विविध कार्यक्रमहरु सञचालन गर्दै आएको छ ।२०७४ साल मा राज्य पुनः संरचना भए पश्चात सुदुरपश्चिम प्रदेश सरकारको मातहतमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका नामले सेवा संचालन गर्दै आईरहेकोछ ।
पशु पालन व्यवसायलाई विविधिकरण, व्यावसायीकरण, आयमुलक र सम्मानित पेशाको रुपमा विकास गरी जिल्लाको समग्र विकासमा टेवा पूरयाउन पशु सेवा कार्यालयको उद्देश्यहरु निम्नानुसार रहेको छ । पशुजन्य पदार्थको उत्पादन र उत्पादकत्व वृद्दि गरी जिल्लाको खाद्य पोषण सुरक्षा ९ँययम ७ लगतचष्तष्यल कभअगचष्तथ० अभिबृद्धि गर्ने र पोषण समस्या कम गर्ने । परम्परागत पशुपालनलाई क्रमशः सुधार ९ःयमभचलष्शभ० गरी यसलाई कृषक परिवारको मुख्य नगद आर्जनको माद्यमको रुपमा विकास गर्ने । पशु स्वास्थ्य सेवा विस्तार गरी पशुधनको संक्षण तथा मृत्यु दर कम गर्ने । पशु पालन व्यवसायमा वातावरण मैत्री प्रविधिको विस्तार गरी जलवायु परिवर्तन तथा दैवी प्रकोपबाट हुने क्षती न्युनीकरण गर्ने । पशुपंक्षिका लोपोन्मुख प्रजातीको आनुवंशिकि श्रोत संरक्षण र उपयोग गरी जैविक विविधता उपयोग तथा संरक्षणमा सहयोग गर्ने । पशु तथा पशुजन्य उद्योगको विकासबाट रोजगारीका अवसरहरुको सृजना गर्न निजी क्षेत्रको लगानीलाई बढावा दिने ।